मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पुराना स्थापित दलहरूले नयाँ वैकल्पिक पार्टीलाई त्यसै छाड्नेवाला छैनन् : सिके राउत

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा चन्द्रप्रकाश रावत (सिके रावत) ले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले त्यत्तिकै नछोड्ने बताएका छन्। शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा उनले सडक आफैँमा सबैभन्दा ठूलो थलो भएको र त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्ने पनि बताए। उनले भने, ‘हामी राजनीतिक पार्टीको रुपमा दर्ता भयो भन्दैमा सबै भन्दा ठूलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन।

संघर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ। सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरु एक ठाउँमा आएर कुनै क्रान्तिको बिजारोपण गर्नसक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको बिरुद्धमा नै होस्। रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्नेकुरालाई आधार मानेर अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ।’

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरुले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जानसक्ने भन्नेकुरा सोच्नु नहुने बताए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।