मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आज सार्वजनिक बिदा – देशभर जनयुद्ध दिवस मनाइँदै, बैंकिङ सेवा बन्द नहुने

Himali Patrika 1 मिनेट पढाइ

१ फागुन, काठमाडौं । आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । दिवका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

बैंकिङ सेवा बन्द नहुने

आज सार्ववजनिक विदा भए पनि अत्यावश्यकीय बैंकिङ सेवा बन्द नहुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारको निर्णयानुसार सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा भएपनि नगद कारोबार, चेक क्लियरिङ आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा दिइने छ ।

विहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिने व्यवस्थाका मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सूचित गरेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।