मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

माओवादीले ‘युज एन्ड थ्रो’ मात्रै गरेको भन्दै विमला वलीले गरिन पार्टी परित्याग

Himali Patrika 1 मिनेट पढाइ

पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेकी छिन्। पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन्। उनले २४ माघमै माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामापत्र बुझाएको बताइन्। पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी वलीले अन्य पार्टीमा नजाने बताइन्।

‘पार्टीले युज एन्ड थ्रो मात्रै गर्‍यो,’ उनले भनिन्, ‘मलाई अहिले भूमिकाविहीन पनि बनाइएको छ, त्यसैले मैले पार्टीबाट राजीनामा दिएकी हुँ।’ उनका श्रीमान तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा विमलालाई पार्टीले टिकट दिएर विजयी भएकी थिइन्। तत्कालीन अवस्थामा एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाबाट उनी निर्वाचन लडेकी थिइन्।

त्यसपछि यी दुई पार्टीमा विभाजन भएपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन्। उनले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा शंकर पोखरेलको सरकार ढलेर माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री भए। त्यतिवेला वलीलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो। सामाजिक सञ्जालमा उनको फोटो भाइरल बनेपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।