मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

काठमाडौं माछापोखरीमा आन्दोलनकारीले जलाए अस्थायी प्रहरी बिट

Himali Patrika 1 मिनेट पढाइ

१ फागुन, काठमाडौं । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

यातायात मजदुरले जलाए प्रहरी भ्यान
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् ।

अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् ।

आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् । थप विवरण आउन बाँकी छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।