रविलाई चिन्दैन भनेपछि एलिना चौहानको चौतर्फी आलोचना

रविलाई चिन्दैन भनेपछि एलिना चौहानको चौतर्फी आलोचना

एकातिर गायिका एलिना चौहानलाई स्टेजमा भ्याई नभ्याइ छ । ‘धोकेबाज हौँ तिमी’ बोलको गीतले स्टेजमा युवायुवतीलाई लोभ्याएपछि एलिनाको स्टेज डिमाण्ड पनि ह्वात्तै बढेको हो । एलिनाको यही गीत सुन्न महोत्सवमा आएका यूवायूवतीले गर्ने विभिन्न खालका क्रियाकलापले पनि सामाजिक संजाल रंगिएको छ ।

यूवायूवती एलिनाले यो गीत गाउँदा विभिन्न गतिविधी देखाएर भाइरल हुने दौडमा छन् । तर, यही बिचमा गायिका चौहान भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नचिनेर ट्रोलको शिकार बनिरहेकी छिन् । ‘द प्रकाश सुवेदी शो’मा पुगेकी एलिनाले रविको तस्वीरमा भनेकी छिन्–‘उहाँलाई चिन्छु ।

चर्चा भएपनि उहाँ व्यक्तिगत रुपमा कस्तो मान्छे हो भन्ने मलाई थाहा छैन के ? तर, कस्तो रुपमा चिन्नुहुन्छ भन्दा म कुनै पनि रुपममा चिन्दिनँ ।’एलिनाले यसो भनेपछि उनी चर्को ट्रोलको शिकार भएकी छिन् । धेरैले उनलाई एक–दुई वटा गीत चलेपछि घमण्डी भएको भन्दै आलोचना गरेका छन् । कतिपयले उनको बोल्ने शैलीमा पनि मजाक बनाएका छन् ।

Europass CV in Nepal

एलिनाले भने आफूले रवि लामिछानेलाई नै नचिन्ने भनेर अन्तरवार्ता नदिएको बताएकी छिन् । उनले कसरी चिन्नुहुन्छ भन्ने प्रश्नमा मात्र आफूले नभेटेकाले यसरी चिन्छु भन्न नसकेको जवाफ दिएकी छिन् । रवि, समाजसेवी र कुशल पत्रकार भएको भन्दै एलिनाले पुरा अन्तरवार्ता हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेकी छिन् ।

यस्तो छ उनको सामाजिक संजाल मा पोस्ट गरेको अनुरोध

‘आदरणिय दर्शक महानुभावहरु नमस्कार आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको कारण छु । पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ ।

उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि थिएं ।

रबि दाइ एक कुशल पत्रकार , समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं ।

मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन । टिकटिक तिर सानो clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं । भावनामा बगेर भन्दापनि कृपया पुरा हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला ???? एक पटक आंखा चिम्म गरेर सोच्नु त ?

मैले त्यसरि गालि गर्नुपर्ने केहि गरेकि छु र? म हजुर हरुकै छोरि चेलि दिदि बहिनि हो त्यसैले त्यति तल झरेर गालि नगरिदिनुहोला । मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन । तरपनि मेरो कुराले कसैको भावनामा आंच पुगेको भए माफि चाहान्छु । तपाइंहरुकि प्रिय गायिका एलिना चौहान’