एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल

एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल

३ फागुन, पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् ।समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताएका हुन् ।

उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने । अर्को एक प्रसंगमा उनले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत मिलेको जिकीर समेत गरे । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताए ।

संवैधानिक नियुक्तिको अन्तिम सुनवाइ आज

Europass CV in Nepal

विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदै छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संवैधानिक नियुक्तिको अन्तिम सुनवाइ तीनवटा सरकार फेरिए पछि सर्वोच्चले आज अन्तिम सुनवाइ गर्न लागेको हो ।

ओली सरकारपछि मुलुकमा परमादेशबाट शेरबहादुर देउवा र निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको सरकार निर्माण भइसकेको छ। पटक–पटक सुनुवाइ प्रभावित भए पछि सर्वोच्च अदालतले गत ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधवार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर संवैधानिक परिषद्को बैठक डाकेको, गणपूरक संख्या नभएको अवस्थामा पदाधिकारी सिफारिसको निर्णय गरेकाले प्रक्रिया मिचिएको साथै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नै नहुने अवस्थामा नाम सिफारिस गरेर उनीहरूको जवर्जस्ती नियुक्ति गरिएको भन्दै रिट निवेदनमा सबै नियुक्ति बदर हुनुपर्ने माग छ ।