मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एयर इन्डियाले २ सय ५० वटा विमान खरिद गर्ने

Himali Patrika 1 मिनेट पढाइ

दिल्ली । एयर इन्डियाले एयरबसबाट २ सय ५० वटा विमान खरिदसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरणले मंगलबार एयर इन्डियाको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो खरिद सम्झौता भएको बताए ।

सम्झौतासम्बन्धी भर्चुअल कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति एमानुएल माँक्रो सहभागी थिए । एयर इन्डियाले २ सय १० वटा न्यारो बडी र ४० वटा वाइड बडी विमान खरिद गर्न लागेको हो ।

‘हामी विश्वस्तरको वायुसेवा बनाउन प्रतिबद्ध रहेको कारणमा व्यापार रुपान्तरणबाट चरणमा छौं’, चन्द्रशेखरणले भने, ‘सबै हवाई मार्गहरुमा प्रभारकारी रुपमा काम गर्नका लागि आधुनिक विमानहरुको समूह चाहिन्छ ।’

कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले एयर इन्डिया र एयरबसबीच भएको सम्झौताले भारत र फ्रान्सबीच गहिरिँदै गएको सम्बन्धको प्रतिनिधित्व गर्ने बताए ।’हाम्रो नागरिक उड्डयन भारतको विकासको अभिन्न अंग हो ।

नागरिक उड्डयनको सशक्तीकरण हाम्रो राष्ट्रिय पूर्वाधारको महत्वपूर्ण पक्ष हो,’ मोदीले भने । मोदीले भारतमा पछिल्लो ८ वर्षमा विमानास्थलको संख्या ७४ बाट बढेर १ सय ४७ पुगेको बताए । उनले आगामी १५ वर्षमा भारतलाई २ हजारभन्दा बढी विमान आवश्यक हुने बताए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।