मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सन्दिप लामिछाने विरुद्धको मुद्दामा सर्वोच्चले फागुन १२ गते सुनुवाइ गर्ने !

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । नाबालिग बलात्कारको अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको निवेदनमाथि फागुन १२ गते सुनुवाइ तोकिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार नाबालिग बलात्कारको अभियुक्त लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले पाटन उच्च अदालतबाट कैफियत प्रतिवेदन झिकाएसँगै नयाँ पेशी तोकिएको हो ।

लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कार मुद्दाको प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा दिएको निवेदनको सुनुवाइ सर्वोच्चमा भइरहेको छ । उच्च अदालतले पुस २८ गते लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी दिएको आदेशविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।