मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

साहरुखको जवानमा अल्लु अर्जुनको केमियो

Himali Patrika 1 मिनेट पढाइ

बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्स अफिसमा तहल्का नै मच्चायो । ५ करोड नेट कलेक्शनको दौडमा रहेको यो फिल्मले सुस्ताएको बलिउडलाई जुरुक्कै उठाइदियो ।

यो फिल्म बम्पर चलेपछि साहरुख आफ्नै होम प्रोडक्शनको नयाँ फिल्म ‘जवान’को छायांकनमा जोडिएका छन् । यो फिल्ममा साहरुखको साथमा साउथका सुपरस्टारहरु विजय सेतुपति, नयनताराको मुख्य भूमिका छ ।

यो फिल्म जुन २ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ । ‘पठान’ बम्पर चलेपछि यो फिल्मले पनि आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ । यसैबिच, यो फिल्मका लागि निर्देशक एट्लीले साउथका सुपरस्टार नायक अल्लु अर्जुनलाई अफर गरेको खबर बाहिरिएको छ ।

फिल्ममा अल्लु अर्जुनको केमियो भूमिका रहनेछ । अर्जुनले अहिलेसम्म फिल्मका लागि जवाफ फर्काइसकेका छैनन् । तर, अल्लु अर्जुनलाई अफर गरिएको चर्चासँगै दर्शकमाझ नयाँ उत्साह थपिएको छ । फिल्ममा साउथका अर्का सुपरस्टार थलापति विजयको पनि केमियो भूमिका रहेको चर्चा छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।