मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सांसद चन्द्र भण्डारी र उनकी आमाको उपचार नेपालमा हुन नसक्ने

Himali Patrika 1 मिनेट पढाइ

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ।गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका हुन्।

सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलन भएको छ। ‘दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ चिकित्सकहरूले भनेका छन्।

सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलगायतले अस्पताल नै पुगेर जानकारी लिएका थिए। गए राति सांसद भण्डारीको बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोट भएको थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।