मोबाइल लुटपाट गर्ने ४ समातिए – प्रहरी भन्छ, छिटै सबैजना समातिने छन्

मोबाइल लुटपाट गर्ने ४ समातिए – प्रहरी भन्छ, छिटै सबैजना समातिने छन्

गत सोमबार बालाजुमा भएको मजदुर आन्दोलनले उग्र रूप लियो।दिउँसोदेखि सुरू भएको आन्दोलनले अपरान्हसम्म उग्र रूप लिइसकेको थियो। एकातिर प्रहरी वृत्त बालाजु र अर्कोतर्फ प्रहरी वृत्त महाराजगन्जको टोलीले आन्दोलनलाई रोक्ने प्रयास त गर्‍यो तर बल प्रयोग गरेको थिएन।

प्रहरीले बल प्रयोग नगर्दा ठूलो क्षति भएको भन्दै आलोचना भएको छ।यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने घटनामा अझ ठूलो क्षति हुनबाट जोगाउन पनि संयमता अपनाउन जरूरी भएको बताउँछन्।

त्यही दिन काठमाडौंमा विशिष्ट व्यक्तिको आगमनका कारण पनि प्रहरी थप संयम बनेको उनले बताए। त्यसदिन भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका थिए।उनी काठमाडौं आएर विभिन्न शीर्ष नेतासँग भेट गरिरहेका थिए। जसको लागि काठमाडौं प्रहरीले नै सुरक्षाको व्यवस्था गर्नुपर्थ्यो।

Europass CV in Nepal

‘त्यतिबेला विशिष्ट व्यक्तिहरूको पनि आगमन थियो। विभिन्न ठाउँमा भिजिट थियो, त्यसको लागि सहजीकरण गर्नुपर्ने थियो,’ उनले भने।यता यातायात मजदुरहरूले भने बालाजु सडकमै बस तेर्साएर अवरूद्ध गरेका थिए। जसकारण काठमाडौंकै सवारी आवतजावत अस्तव्यस्त बनेको थियो। त्यस्तो बेलामा प्रहरीले संयमता नअपनाएको भए ठूलो क्षति हुनसक्ने उनले बताए।

‘सडक पनि अवरूद्ध भएको थियो। त्यहाँ गरिने कुनै पनि संयमविहीनताका कामले, संयमता अलिकति पनि तलमाथि हुँदा विशिष्ट व्यक्तिहरूको सवारी अवरूद्ध हुनसक्थ्यो,’ उनले भने,‘मुलुकको शाखसँग जोडिने हुँदा त्यसलाई मध्यनजरमा राख्दै संवेदनशीलता अपनाएका हौं। क्षतिको पनि आकलन गरेका थियौं।’

त्यही आन्दोलनमा प्रदर्शनकारीले दुई वटा प्रहरी गाडी जलाएका थिए। प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको गाडीमा तोडफोड गरी आगजनी गरेका थिए। त्योसँगै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरिएको थियो। यता ट्राफिक आयरल्यान्ड पनि भत्काइएको थियो।

प्रदर्शनकारीले ढुंगामुढा गर्दा कयौं प्रहरी घाइते समेत भएका थिए। यस घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक समेत गरिसकेको छ।यता प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहँदा बालाजुमै रहेको ल्होत्से मलमा पनि तोडफोड भएको थियो। बन्द गरिसकेका मोबाइल पसलभित्र पसेर मोबाइल फोन समेत लुटपाट भएको थियो।

मोबाइल लुटपाट गर्ने ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। यस्तै यी घटनामा संलग्न अन्यलाई पनि प्रहरीले पक्राउ गरेको छ। यद्यपि म्याद थप गर्न बाँकी रहेको भन्दै उनीहरूलाई सार्वजनिक भने गरेको छैन।

उक्त दिन आन्दोलनले उग्र रूप लिएपछि परिसरबाट एसपी सीताराम कोइराला नेतृत्वको टोली खटिएको थियो। उक्त टोलीले पछि बल प्रयोग गरी घटनालाई नियन्त्रणमा लिएको थियो। यता सशस्त्र प्रहरी बलबाट पनि टोली खटिएको थियो।