मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भाडामा यात्रु बोकेपछि २० जना पठाओ र इन्ड्राइभर चालकलाई कारवाही

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । ट्राफिक प्रहरीले राइड सेयर गरेर भाडा उठाएपछि पठाओ, इन्ड्राइभर जस्ता सेवाका मोटरसाइकल चालकहरुलाई कारबाही गरेको छ । प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई बिहीबार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

‘निजी प्रयोजनमा दर्ता भइ भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि चालकलाई कारबाही गरिएको हो,’ ट्राफिक प्रहरीले भनेको छ । ट्राफिकले अलाइनमै सेवा दिनेलाई कारवाही गरेको हो वा अफलाइन राइड दिनेमाथि कारवाही गरेको हो भन्ने खुलेको छैन ।

उपत्यकाको विभिन्न स्थानबाट २० जना मोटरसाइकलका चालकलाई कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यात्रु चढाउन नमान्ने १० जना ट्याक्सी चालकलाई पनि बिहीबार नै कारबाही गरेको छ । सार्वजनिक सवारी चालकले खाली रहेको अवस्थामा यात्रु लिन इन्कार गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९अनुसार ५ सय देखि १५ सयसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी बरिष्ठ उपरीक्षक भट्टले बताए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।