मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सुदन किराँतीले गरे ९ जना प्राज्ञको नियुक्तिमा ६ जना राई

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । सरकारले तीनवटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्दा अस्वभाविक रुपमा राईहरुको नियुक्ति गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेका नामहरुमा झण्डै आधा राई समुदायका व्यक्तिहरु रहेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका ११ पदाधिकारीमध्ये कुलपतिसहित ४ पदाधिकारीहरु राईहरु परेका छन् । जसमा कुलपति भूपाल राई, प्राज्ञहरुमा राजन मुकारुङ, सुमित्रा राई र डा. तारामणि राई रहेका छन् ।

त्यस्तै, ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपति नारदमुनि राईसहित ३ जना चयन भएका छन् । प्राज्ञहरुमा सञ्जय वान्तवा राई र चन्द्रकुमार राई नियुक्त भएका छन् । ललितकलामा कुल ९ जना पदाधिकारी चयन भएका थिए ।

संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा उपकुलपति शम्भु राईसहित ६ जना नियुक्त भएका छन् । प्राज्ञहरुमा डाक्टर किरात राई, राधा राई, कला राई, भीषण मुकारुङ राई र टीकाराम राई नियुक्त भएका हुन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।