मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

करिष्मा मानन्धरको निवेदनपछि पक्राउ परे डिल्लीराम खनाल

Himali Patrika 1 मिनेट पढाइ

कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ।काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए।

‘उनीमाथि थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत लैजाँदै छौं’, उनले भने।आफूलाई मानहानी गरेको भन्दै उनले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी चर्चामा आएका थिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।