मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

जब सन्दीप लामिछानेसँग स्कटिस खेलाडीले हात मिलाउन मानेनन्

Himali Patrika 1 मिनेट पढाइ

५ फागुन, काठमाडौं । स्कटल्याण्डका खेलाडीले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् ।क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन छ ।

तर आज नेपालसँग ३ विकेटले पराजित भएपछि स्कटल्याण्डका खेलाडीले नेपालका अन्य खेलाडीसँग हात मिलाए पनि लामिछानेसँग भने हात मिलाएनन् ।सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।

नेपाल टिममा लाइनको अन्तिममा रहेका सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरे ।सन्दीपले स्कटल्याण्डविरुद्धको खेलमा १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । नेपालले मंगलबार नामिबिययासँग खेलेको थियो । त्यस खेलमा भने नामिबियाका खेलाडीले सन्दीपसँग हात मिलाएका थिए ।

क्यानले सन्दीपलाई समेत राखेर राष्ट्रिय टोलीको घोषणा गरेपछि क्रिकेट स्कटल्याण्डले लामिछानेको कानुनी स्थितिको बारेमा जानकार रहेको भन्दै आफू सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध रहेको बताएको थियो ।

‘सञ्चालक निकायको रूपमा र एक टोलीको रूपमा, क्रिकेट स्कटल्याण्ड सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन,’ क्रिकेट स्कटल्याण्डले भनेको थियो, ‘यी खेलहरूमा खेलाडी समावेश गर्ने बारेमा नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्नुपर्ने विषय हो ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।