मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बलिउड अभिनेत्री स्वरा भास्करले गरिन् बिहे

Himali Patrika 1 मिनेट पढाइ

बलिउड अभिनेत्री स्वरा भास्करले बिहे गरेकी छन्।उनले समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग बिहे गरेकी हुन्।उनले ट्विटरमा भिडिओ राख्दै यसबारे जानकारी दिएकी हुन्। स्वराले सन् यही वर्ष जनवरी २३ मा बिहे दर्ता गरेकी थिइन्।

स्वरा फिल्ममा आउनुअघि नाटकमा काम गर्थिन्। सन् २००९ मा उनले ‘माधोलाल कीप वकिङ’ बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन्। यो फिल्म सफल हुन सकेन। त्यसपछि उनले सञ्जय लीला भन्सालीको फिल्म ‘गुजारिश’ मा ऋतिक रोशन र ऐश्वर्या रायका साथमा सहायक भूमिका निर्वाह गरेकी थिइन्।

उनले फिल्ममा पहिलो सफलता भने ‘रांझना’ बाट पाएकी हुन्। सोनम कपुर र धनुषको मुख्य भूमिका रहेको यो फिल्ममा उनी सहायक भूमिकामा थिइन्। यही फिल्मबाट उनले फिल्मफेयरको उत्कृष्ट सहायक अभिनेत्री अवार्ड पनि पाएकी थिइन्।

यसपछि उनले आर माधवन र कंगना रनावतको मुख्य भूमिका रहेको ‘तनु वेड्स मनु’ र सलमान खान र सोनम कपुरको ‘प्रेम रतन धन पायो’ मा सहायक भूमिकामै काम गरिन्। दुवै फिल्म सफल भए।

पछिल्लो समय उनी करिना कपुर र सोनम कपुरसँगै ‘वीरे दी वेडिङ’ मा देखिएकी थिइन्।विशेषगरी सहायक भूमिकामा जमेकी उनी राम्रो अभिनय गर्ने अभिनेत्री मानिन्छिन्। स्वरा नरेन्द्र मोदी सरकारविरूद्ध खरो रूपमा आवाज उठाउने अभिनेत्रीका रूपमा पनि चिनिन्छिन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।