मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बलिउड फिल्म शेहजादाको कमजोर व्यापार, जम्मा १२ करोड भारु मात्र कमायो

Himali Patrika 1 मिनेट पढाइ

बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म ‘शेहजादा’ ले बक्स अफिसमा कमजोर व्यापार गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा १२ करोड ६५ लाख भारू कमाएको छ। ६ करोेड भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ६ करोड ६५ लाख भारू कमाएको हो।

महाशिव रात्रीको बिदामा पनि फिल्मले राम्रो व्यापार गर्न नसकेपछि फिल्मकर्मीहरू निराश भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

रोहित धवन निर्देशित फिल्ममा दुई बच्चा जन्मँदै साटिएको र धनी परिवारको बच्चा गरिब परिवारमा साटिँदा आउने उतारचढावलाई देखाइएको छ।

भुषण कुमार, कृष्ण कुमार, एस राधा कृष्ण र अमन गिलको लगानी रहेको फिल्ममा कार्तिकसँगै कृति सेनन, मनिषा कोइराला, परेश रावल, रोनित रोय, सचिन खेडेकरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा त्रिविक्रम श्रीनिभासले तयार पारेका हुन्।

यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे अभिनीत फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। ‘अला बैकुन्ठपुरमेलो’ बक्स अफिसमा हिट सावित भएको थियो।

गतवर्ष कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया २’ ले १४ करोड भारूमा ओपनिङ गरेको थियो। यो फिल्मको तुलनामा ‘शेहजादा’ को व्यापार कमजोर सावित भएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।