मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेकपा एमाले पार्टी परित्याग गरेको दुर्गा प्रसाईंको घोषणा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । नेपाल प्रेससँगका अनुसार, उनले  एमालेबाट अलग भएको बताए । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन् ।

प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्वराजासँग नजिकिएका छन् ।

प्रदेश नम्बर एकको स्थानीय कमिटीले कारबाहीको लागि सिफारिस गरेपछि केन्द्रले स्पष्टीकरण नसोधेको उनको भनाइ छ। प्रसाईंले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो। तर, पार्टीले निर्णय नलिँदै उनी आफै एमालेबाट अलग भएका हुन्।

प्रसाईंले पार्टीबाट अलग हुने निर्णयबारे शनिबार बेलुका नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराइसकेको पनि बताए। एमालेले २०७८ मंसिर २६ मा प्रसाईंलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।

विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए।
तर अहिले उनी पूर्वराजा ज्ञानेन्द्र शाहसँग नजिकिएका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।