काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई हराएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साेमवार भएकाे खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हरायाे ।
स्कटल्यान्डले दिएकाे २ सय २२ रनकाे लक्ष्य पछ्याएकाे नामिबिया ३८ ओभर ४ बलमा १ सय ७८ रन बनाउँदा अलआउट भयाे । उसका लागि लाेहान्ड्रे लरेन्सले ५२ र कप्तान गेरहार्ड इरासमसले ४२ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ४, माइकल लिस्कले ३ र ब्रान्डन म्याकमुलेनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे स्कटल्यान्ड ४८ ओभर ४ बलमा २ सय २१ रन बनाउँदा अलआउट भयाे । उसका लागि क्रिस्टाेफर म्याकब्राइडले ४७, टाेमस म्याकिनटशले ३४ र कप्तान रिची बेरिङ्टनले ३२ रन बनाए । नामिबियाका रुबेन ट्रमपेलम्यानले ५ विकेट लिए ।
याे जितसँगै स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालमा भइरहेकाे शृङ्खलामा नामिबिया चार वटै खेलमा पराजित भएकाे छ । याेसँगै नामिबियाले शीर्ष तीनमा रहेर विश्व कप छनाेट खेल्ने समीकरण कठिन बनेकाे छ, अब उसले दुई खेलमात्र खेल्न बाँकी छ । अहिले २४ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा रहेकाे नेपालले ९ खेल खेल्न बाँकी हुँदा विश्व कप छनाेट खेल्ने सम्भावना बलियाे बनेकाे छ ।