मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बालाजु घटनामा दुई डिएसपीलाई कारबाही गर्न सिफारिस

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ।बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको एक सदस्यले बताए।

प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्ट र थप मद्दतका लागि पुगेका प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो।‘दुई जना डिएसपीको कमजोरी देखिएको हुनाले कारबाहीको लागि सिफारिस गरिएको छ,’ ती सदस्यले भने।

फागुन १ गते भएको आन्दोलनमा प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी जलाइएको थियो।

यस्तै, अस्थायी प्रहरी बिट जलाइएको थियो भने ट्राफिक आइल्यान्डमा पनि तोडफोड गरिएको थियो।त्यही आन्दोलनको बेलामा ल्होत्से मलमा पनि तोडफोड भएको थियो। एसिडिसी र डाइमण्ड मोबाइल पसलमा पनि लुटपाट भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले आगजनी तोडफोडमा ३५ जना र लुटपाटमा १६ जना गरी ५१ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि आपराधिक उपद्रव र चोरी तथा डाँका मुद्दामा अनुसन्धान अघि बढाएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।