मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

अबको केही दिन घाम लाग्ने, आउँदो बिहीवारदेखि भने माैसम बद्ली ‍हुने

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ । केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ ।

अबको केही दिन बिहान बेलुका हुस्सु, कुहिरो लागे पनि दिउँसाेको समयमा घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा भने घाम लाग्ने उहाँले बताउनुभयो ।

अब आउँदो बिहीवारसम्मकै मौसम घमाइलो हुने पूर्वानुमान गरिएको छ । तर, बिहीवारदेखि भने फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत देखिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । ‘आउँदो बिहीवार र शुक्रवार भने मौसम पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना देखिएको छ’, उहाँले भन्नुभयो–‘त्यस अघि भने खासै पानी पर्ने सम्भावना छैन् ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।