मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 23 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपाल र पाकिस्तानविच हुने मैत्रीपूर्ण टी-२० क्रिकेटको ट्रफी सार्वजनिक

Himali Patrika 1 मिनेट पढाइ

पाकिस्तानी दूतावासको आयोजनामा हुने आठौँ संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ। पाकिस्तानी दूतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो। सार्वजनिक कार्यक्रमपछि बोल्दै नेपाली टोली पूर्वकप्तान पारस खड्काले प्रतियोगिताबाट नेपाली युवा प्रतिभावान खेलाडीले मौका पाउने गरेको बताए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबमा युवा खेलाडीले खेल्ने गरे पनि दूतावासले आयोजना गर्दै आएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने गरेको बताए। खड्काले पाकिस्तानी दूतावासमा रहेको मैदान नेपालमा भएको मैदानमध्येको सेवासुविधा सम्पन्न मैदान भएको र दुवै देशका सरकारबाट दूतावासमा अवस्थित मैदानलाई पूर्ण रूपको मैदानको रूपमा प्रयोग गर्ने मिल्ने गरी उपलब्ध गराउन आग्रह गरे।

प्रतियोगितामा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालमा रहेका उदीयमान खेलाडीको हौसला प्रदान गर्नका लागि आयोजना गर्दै आएको छ। प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट पूर्वकप्तान पारस खड्का र दूतावासका उपराजदूत उमर अलीले संयुक्त रूपमा सार्वजनिक गरे। प्रतियोगिता १० मार्चदेखि १८ मार्चसम्म आयोजना हुँदै छ।

दूतावासले सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ। चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।