मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपालले ७ विकेट गुमाएर १२६ रन बनायो कप्तान पौडेलले हाने अर्धशतक

Himali Patrika 1 मिनेट पढाइ

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले स्कटल्यान्डविरूद्ध अर्धशतक प्रहार गरेका छन्।

जारी खेलमा पौडेलले ५४ बल खेल्दै ५० रन जोडेका हुन्। उनले २ छक्का र ४ चौका प्रहार गरे।३० ओभरको खेल चलिरहँदा नेपालले ७ विकेट गुमाएर १२६ रन बनाएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भएको थियो।

स्कटल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मन्जीले ६० रन जोडे। अर्का ओपनर केल कोइटजर २२ रनमा आउट भए। कप्तान रिची बेरिङटन शून्य र टोमस म्याकिनटोस १ रनमा आउट भए। चारै जनालाई सन्दीप लामिछानेले आउट गरेका थिए।

क्रिस्टोफर म्याकब्राइटलाई कुशल मल्लले २२ रनमा एलबिडब्लूको धरापमा पारे।म्याथ्यु क्रसलाई दिपेन्द्रसिंह ऐरीले ३४.३ ओभरमा ४२ रनमा रनआउट गरे। दिपेन्द्रले डाइरेक्स हिटमार्फत क्रसलाई पेभेलियन फर्काएका थिए। दुई बलपछि करण केसीले माइकल लिस्कलाई शून्यमा बोल्ड गरे। यस्तै करणले ब्रेन्डन म्याकमुलनलाई ३१ रनमा ललितनारायण राजवंशीको हातबाट क्याच ‍गराए।

क्रिस ग्रेभ्सलाई ललितले ७ बलमा एलबिडब्लू आउट गरे भने मार्क वाट ८ रनमा आउट भए।बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ४५ रन दिए।करण केसीले ३ विकेट लिए। उनले ८.१ ओभरमा ४२ रन खर्चिए। ललित र कुशल मल्लले १-१ विकेट लिए।

यसअघि नेपालले सिरिजमा लगातार तीन खेलमा जित हात पारेको थियो। नेपालले नामिबियालाई दुवै खेलमा पराजित गर्दा स्कटल्यान्डविरुद्धको पहिलो खेलमा जित हात पारेको थियो।

लिग-२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३५ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।