मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

साउथ इन्डियन अभिनेता रामचरण किन खाली खुट्टै पुगे विमानस्थलमा ?

Himali Patrika 1 मिनेट पढाइ

दक्षिण भारतीय अभिनेता रामचरण कालो पहिरन र खाली खुट्टामा एयरपोर्ट पुगेका छन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनी ९५ औं अस्कर अवार्डमा सहभागी हुन हैदराबाद एयरपोर्टमा पुगेका हुन्। उनी अभिनीत फिल्म ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ यसवर्ष अस्करमा उत्कृष्ट मौलिक गीतको विधामा मनोनयनमा परेको छ।

राम चरण हरेक वर्ष केरलाको सबरीमाला मन्दिरको भ्रमण गर्नुभन्दा अघि ४१ दिनसम्म यस्तै पहिरनमा देखिन्छन्। उनी स्वामी अयप्पाका भक्त हुन्। अयप्पाकै मार्गदिशालाई पालना गर्दै उनले व्रत समेत राखेका छन्। यो व्रत लिनेहरूले ४१ दिनसम्म कालो लुगा लगाउने, खाली खुट्टा हिँड्ने, शाकाहारी भोजन गर्ने र ब्रह्मचार्य पालना गर्छन्।

एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ ले विश्वभर चर्चा कमाइ रहेको छ। यसअघि फिल्मकाे ‘नाटु नाटु’ गीतले अमेरिकाकाे गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको थियाे।

चर्चित दक्षिण भारतीय अभिनेताद्वय रामचरण र एनटिआरको मुख्य भूमिका रहेको फिल्ममा आलिया भट्टको पनि छोटो तर प्रमुख भूमिका छ। यसबाहेक अजय देवगनलाई पनि फिल्ममा देख्न सकिन्छ।

फिल्मले भारतको सन् १९२० को पृष्ठभूमिमा ब्रिटिस शासनविरूद्ध लड्ने क्रान्तिकारीको काल्पनिक कथा प्रस्तुत गर्छ। यो फिल्म दुई वास्तविक क्रान्तिकारीहरु अल्लुरी सीताराम राज (राम चरण) र कोमराम भीम (जुनियर एनटीआर)को जीवनीबाट प्रभावित छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।