मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 23 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कंगनाले किन अस्वीकार गरिन आइटम डान्सको अफर?

Himali Patrika 1 मिनेट पढाइ

बलिउड अभिनेत्री कंगना रनावत चर्चा र विवादमा आइरहने अभिनेत्री हुन्।उनी आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्। पछिल्लो समय बलिउड फिल्म क्षेत्रमा विकृति भएको भन्दै उनले आवाज उठाउँदै आएकी छन्। उनले कतिपय चलेका कलाकारदेखि निर्माता निर्देशकलाई ‘बलिउड माफिया’ समेत बताएकी छन्।

उनी आफ्नो फिल्मी करिअर दाउमा लाग्छ भनेर कुनै पनि भूमिका निर्वाह गर्न तयार हुँदिनन्। आफूलाई मन नपरेको कुरा भन्न नडराउने कंगनाले ६ वटा आइटम डान्स अस्वीकार गरेकी थिइन्।

आइटम डान्सले समाजमा राम्रो सन्देश नदिने बताउँदै उनले आइटम डान्स अस्वीकार गरेकी हुन्। आमिर खानको शो ‘सत्यमेव जयते’ को एक एपिसोडमा कंगना, परिणिति चोपडा र दीपिका पादुकोण पुगेका थिए।

उक्त कार्यक्रममा कंगनाले भनेकी थिइन्, ‘आइटम डान्समा केटीहरूलाई जसरी प्रस्तुत गरिन्छ, जस्तो शब्द प्रयोग गरिन्छ त्यो अपमानजन छ। केटीलाई तन्दुरी चिकेन भनिन्छ, कहिले उनीहरूको सल तानिन्छ त कहिले उनीहरूको लुगा। हामी जति आफ्नो देशलाई बचाउन खोजे पनि जति आफ्नो फिल्मलाई बचाउन खोजे पनि लाजमर्दाे छ।’

‘दुई तीन वर्षअघि मेरो एक साथीकी छोरी अश्लील आइटम डान्स रिहर्सल गरिरहेकी थिइन्। डान्स गर्दा उनी राम्री देखिएकी थिइन् तर उनको मानसिकतामा कस्तो असर पर्याे होला? त्यतिबेला मलाई पहिलो पटक जिम्मेवारी महसुस भयो। त्यसैले मैले पछिल्लो समय ६ वटा आइटम डान्स अस्वीकार गरेँ,’ उनले भनिन्।

कंगनाले सन् २००६ मा फिल्म ‘ग्याङस्टार’ बाट डेब्यू गरेकी थिइन्। उनले ३६ वटा फिल्ममा काम गरिसकेकी छन् तर कुनै पनि फिल्ममा आइटम डान्स गरेकी छैनन्। उनी यतिबेला ‘इमरजेन्सी’ को छायांकनमा व्यस्त छिन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।