मुख्य सामग्रीमा जानुहोस्
Monday, 19 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

स्मार्ट स्ट्रीट लाइट राखेपछि धनगढीको ६ लेन सडक भयो झलमल्ल

Himali Patrika 1 मिनेट पढाइ

धनगढी- धनगढीको ६ लेन सडक भयो झलमल्ल भएको छ।धनगढी मा पहिलो चरणको सडक बत्ती जडानको काम पुरा भएपछि आज एक कार्यक्रमकाबीच सडक बत्तीको उद्घाटन गरिएको हो।

धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती स्मार्ट स्ट्रीट लाइटको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले गरेका हुन्।

धनगढी अत्तरिया ६ लेन सडक अन्तर्गत बत्ती जडानका तीनवटा योजनामध्ये पहिलो चरणको योजना सम्पन्न भइसकेको छ। उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब १४ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको काम सकेको नगर प्रमुख गोपाल हमालले बताए।

सडकमा करीब ४३२ आधुनिक बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको हमालले बताए।बत्ती जडानका लागि दुई करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता भएको थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।