मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 8 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

मनकारी नेपाली : ब्रेन ट्युमर पिडित विवेकको उपचारका लागि १ करोड बढी रकम संकलन

Himali Patrika 1 मिनेट पढाइ

एथेन्सको युनिभर्सिटी अफ जर्जिया (युजीए) मा अध्ययनरत नेपाली विद्यार्थी विवेक पँगेनीलाई ब्रेन ट्युमरको भएको पत्ता लागेपछि ठूलो सहयोग प्राप्त भएको छ । विवेकको स्वास्थ्य उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन्।

विवेक र उनको परिवार भर्खरै आमाको अन्त्येष्टिमा भाग लिन नेपाल फर्केका थिए,  विवेकको अवस्था खराब  भएपछि अमेरिका फर्किएका थिए । ‘युजीए’मा नेपाली विद्यार्थी संघ (NSA) द्वारा स्थापना गरिएको एक कोष संकलन वेबसाइट गोफण्डमीमा गरिएको पोस्टका  अनुसार, विवेकको परिवारले उपचारको अत्यधिक लागत कभर गर्न संघर्ष गरिरहेको छ।

सहयोग संकलनका लागि नेपाली विद्यार्थीहरुले स्थापना गरेको कोषको पोस्टमा उल्लेख गरिए अनुसार उक्त रोग ग्लियोमाको उपचारका लागि धेरै खर्च लाग्दछ। परिवारमा उक्त रोगको उपचार गर्ने रकम अभाव भएका कारण सबैलाई सहयोग गर्न समेत अपिल गरिएको छ।

उक्त  कोषमा दान गरेर विवेकलाई सहयोग गर्नेहरुको संख्या ३ हजार ७ सय पुगेको छ । हालसम्म विवेकको उपचारार्थ कुल ८७ हजार डलर झन्डै एक करोड १३ लाख नेपाली रुपैयाँ संकलन भएको देखाएको छ। छोटो समयमा मनकारी नेपालीहरुले विवेकको ज्यान बचाउन यतिधेरै सहयोग गर्नु अत्यन्तै सराहनीय छ, एक दाताले कमेन्ट गर्दै लेखेका छन्।

बिबेकको पिडमोन्ट एथेन्स क्षेत्रीय अस्पतालमा ट्युमरको ५० प्रतिशत हटाउनको लागि शल्यक्रिया गरिएको थियो भने  बाँकीलाई उपचारको पाठ्यक्रम निर्धारण गर्न थप परीक्षणको लागि पठाइएको छ। शल्यक्रिया सफल भए पनि विवेकको निको हुने यात्रा अझै सकिएको छैन ।

टिकटकमा सँधै श्रीमतीसंग नाचेर, रमाइलो गरेर धेरैको मन जित्न सफल भएका विवेक र श्रीमती सिर्जना सुवेदीको  कथाले धेरैको मन छोएको छ। उनीहरूका लागि समुदायबाट आउने समर्थन अतुलनीय छ। कोष सङ्कलन अभियान अझै जारी राखिएको छ । उक्त वेबसाइटका अनुसार अमेरिकी डलर एक लाख १० हजार संकलन गर्ने लक्ष्य राखिएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।