मुख्य सामग्रीमा जानुहोस्
Friday, 16 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दाङमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

Himali Patrika 1 मिनेट पढाइ

दाङ : दाङमा पहिलो पटक अन्तर्राष्टिय कुस्ती प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको आयोजना युथ्स अफ तुलसीपुरले गरेको हो।बिहीबारदेखि सुरु भएको अन्तर्राष्टिय कुस्ती प्रतियोगिता तुलसीपुर अरनिको मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिता आठ दिनसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए।

‘अन्तर्राष्टिय कुस्ती खेल प्रतियोगिता दाङमा पहिलो पटक गरिएको हो।’ उनले भने, ‘प्रतियोगितामा सुरुको दिनमा पनि दर्शकको उल्लेख्य सहभागिता रहेको छ।’प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन्। प्रतियोगिता १७ गतेसम्म सञ्चालन हुने अध्यक्ष लहरेले बताए।

‘पहिलो पटक सञ्चालन भएको प्रतियोगिता भएकाले पनि निकै चासो र उत्साहका साथ हेरिएको छ।’ उनले भने, ‘१७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने छौँ।’प्रतियोगितामा ३० जना भारतीय पुरुष खेलाडी, २ जना भारतीय महिला खेलाडी र ५ जना नेपाली पुरुष खेलाडीसहित गरी जम्मा ३७ जना खेलाडीको सहभागिता रहेको छ।

नेपालमा कुस्ती खेलप्रतिको आर्कषण बढाउन दाङमा अन्तर्राष्टिय प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगिता बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उनले कुस्ती खेलप्रतिको रुचि बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए।

त्यस अवसरमा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार हमालले दाङमै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुँदा कुस्तीका खेलाडीलाई हौसला थपिएको बताए। उनले आगामी दिनमा पनि कुस्ती प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए।

दाङ जिल्ला खेलकुद विकास समितिका सन्तोष लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा भारतको उत्तरप्रदेशका अन्तर्राष्ट्रिय प्रशिक्षक चन्द्रराम तिवारीले कुस्ती प्रतियोगिताले कुस्ती खेल स्थापित हुन सहयोग पुग्ने बताए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।