उडिरहेको विमानमा एक महिलामा कोरोना पुष्टि भएपछि ‘५ घण्टा शौचालयमा आइसोलेशन’

उडिरहेको विमानमा एक महिलामा कोरोना पुष्टि भएपछि ‘५ घण्टा शौचालयमा आइसोलेशन’

काठमाण्डाै ।  संयुक्त राज्य अमेरिकाको शिकागो राज्यमा उडिरहेको विमानभित्र एक अमेरिकी शिक्षकमा कोरोना पुष्टि भएपछि यात्रा अवधिभर शौचालयमा एक्लिएर बसेको घटना सार्वजनिक भएको छ । ती महिलाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड–१९ पुष्टि भएपछि विमानको शौचालयमा पाँच घण्टा बसेको बताएकी छिन् । शिकागोबाट आइसल्यान्डका लागि उडेको विमानमा यात्रा अवधिभर ती महिला स्वेच्छिक रूपमा शौचालयमा आइसोलेशनमा बसेकी हुन् ।

अमेरिकी राज्य मिशिगनकी एक महिला शिक्षिका मरिसा फोटियोले गएको डिसेम्बर २० मा विमानमा यात्रा गरिरहँदा घाँटीमा दुख्न थालेपछि र्‍यापिड कोभिड–१९ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताइन् । ‘रिपोर्ट आएपछि म शौचालयमा गएँ र यात्रा अवधिभर त्यहीँ बसेँ’, उनले भनिन् ।

ती महिला शिक्षिका फोटियोले उडानअघि कोभिड–१९ परीक्षण गरेको बताइन् । दुई आरटी–पीसीआर र पाँच र्यापिड परीक्षणपछि पनि कोरोना रिपोर्ट नेगेटिभ आएको र उडानमा डेढ घण्टा बिताएपछि घाँटी दुख्न थालेपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताइन् । त्यसपछि उनले शौचालयमा आइसोलेशनमा बस्ने बताएकी थिइन् । शौचालयको बाहिर एक सूचना पनि टाँसिएको थियो । उडान अवतरणपछि फोटियो सबैभन्दा अन्तिममा बाहिर निस्किइन् ।

Europass CV in Nepal

आइसल्यान्डएअर विमानको शौचालयबाट उनले टिकटकमा एउटा भिडियो राखेकी छिन् जसलाई ४० लाखभन्दा धेरै पटक हेरिएको छ । साथै उनले आफूलाई सहयोग गर्ने विमान परिचारिकाको प्रशंसा पनि गरेकी छिन् । विमान परिचारिकाले आफूलाई बेलाबेला चाहिने खाना, पिउने पदार्थ र आवश्यक सामाग्रीको बन्दोबस्त गरेकाे उनले बताइन् ।

फोटियोले कोरोनाविरुद्धको खोप लगाएकी थिइन् । यति हुँदा पनि उनी कोरोना सङ्क्रमित भइन् । शिक्षक भएको नाताले उनी खोप नलगाएका मान्छेका बीचमा पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा उनले पटक–पटक कोरोना परीक्षण गरिरहनुपर्छ । आइसल्यान्डमा अवतरण गरेपछि उनी रेडक्रसको होटलमा आइसोलेशनमा बसिरहेकी छिन् ।

Europass CV in Nepal