मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सन्दीप युएइ जानुपर्छ भन्ने माग बारे सर्वोच्चमा सुरु भयो सुनुवाइ

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो ।

उच्च अदालतले २८ पुसमा धरौटीमा छाड्न आदेश दिँदा उपत्यका छाड्न नपाइने लगायतका शर्त राखेको थियो । त्यही कारण लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएपछि सन्दीप विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च गएका थिए ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।