मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एमाले अध्यक्ष ओलीले सुरू गरे ‘केपी बा’ युट्युब च्यानल

Himali Patrika 1 मिनेट पढाइ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा युट्युब च्यानल सुरू गरेका छन्। ‘केपी बा’ नामको युट्युब च्यानल ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट सुरू भएको हो।

उक्त युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकको भिडिओ बिहीबार नै अपलोड गरिएको छ। २५ मिनेट लामो उक्त भिडिओमा ओलीले आफ्नो जीवनमा भएका तीन महत्वपूर्ण घटनाबारे बताएका छन्।

एमालेका धेरै नेता-कार्यकर्ता र समर्थक ओलीलाई बा भनेर सम्बोधन गर्छन्। त्यसैका आधारमा ओलीले ‘केपी बा’ नामक च्यानल ल्याएका हुन्। ‘मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘बा’ सुरू भएको छ। यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ,’ ओलीले सामाजिक सञ्जालमा भनेका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।