मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय, चुनाव अघि सरकार पनि नछाड्ने

Himali Patrika 1 मिनेट पढाइ

१३ फागुन, काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।

नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ ।राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ । बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’

राष्ट्रपति बने  संविधानको रक्षा नै मेरो प्रमुख कार्यभार : पौडेल

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिपतिमा निर्वाचित भएपछि आफ्नो प्रमुख कार्यभार संविधानको रक्षा गर्नु रहेको बताएका छन् । राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि उनले भने, ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार प्रदान गरेको छ । त्यसको रक्षा गर्नको निम्ति आएको छु ।’

७० वर्ष लडेर प्राप्त गरेको व्यवस्थामाथि खेलवाड गर्ने स्वार्थी प्रयासबाट सबै नेपाली सजग हुनुपर्ने पनि उनले बताए । उनी थप्छन्, ‘संविधानको भावना र मर्म अंगाल्दै संघीय लोकतान्त्रक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै संविधानको रक्षकको हैसियतले राष्ट्रपति भएर जिम्मेवारी पूरा गर्ने प्रयास रहनेछु ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।