मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अवैध उत्खनन् रोक्न जाँदा दिलीप महतोको हत्या गर्ने तीन क्रशर उद्योगीलाई जन्मकैदको फैसला

Himali Patrika 1 मिनेट पढाइ

उत्खनन रोक्न गएका दिलीपलाई हत्या गरिएका भनिएका क्रसरधनी विपीन, लोडर चालक महोतरी बर्दिबास नप–१२ का जितेन्द्रकुमार, बर्दिबास–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरिएको थियो ।

बालुवा र गिट्टीकाे अवैध उत्खननविरुद्ध आवाज उठाउने दिलीप महतोको हत्यामा संलग्न रहेकाे आराेपमा यिनै तीन जनालाई कैदको फैसला सुनाइएको छ । अवैध उत्खनन् रोक्न जाँदा ह त्या गरिएका धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप महतोको मुद्दामा दोषी ठहर भएका तीनै जनालाई कैद र जरिवाना सुनाइएको हो।

धनुषा जिल्ला अदालतले आज मुख्य योजनाकार चुरियामाइ बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति तिर्न फैसला सुनाइएको छ। न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उक्त फैसला सुनाएको हो।

त्यस्तै, हत्याका मतियार ठहर भएको जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला सुनाइएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिइन्। २०७६ साल पुस २५ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका- ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो।

गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्तमध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो। क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिएको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।