मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नयाँ रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पाककलामा आधारित टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि सुरु भएको छ । प्रसिद्ध जानकी मन्दिरमा दर्शन गर्दै शोको छायांकन सुरु भएको हो । निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीसहितले मन्दिरमा पूजाअर्चना गर्दै छायांकन सुरु भएको हो ।

सेफ सन्तोष शाह तथा अन्य सेफको परिचय भिडियो छायांकन सुरु भएको जानकारी निर्माता पाण्डेले दिए । प्री-अडिसनबाट छनोट भएका प्रतियोगीको अभिमुखीकरण र भिडियो कभरेज पनि थालिएको छ । ओरिएन्टेसनसँगै लाइभ अडिसनको सुटिङ समेत अघि बढेको छ भने चैत महिनादेखि शो प्रसारण हुने भएको छ ।

पुसमा छायांकन सेट सार्वजनिक भएको थियो । शोमा १८ एपिसोड हुनेछ । एकसय प्रतियोगीले शोमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन भने १० लाख भन्दा बढीको उपहार दर्शकले क्विज सेग्मेन्ट मार्फत प्राप्त गर्ने छन ।

शोले मनोरन्जन, नेपाली खानाको ज्ञान, खाना पस्कने कला लगायतका बिषयलाई समेट्ने जनाइएको छ । मुलुकको गेस्ट्रोनोमि टुरिजमलाई समेत यसले टेवा पुग्ने आशा निर्माताले लिएका छन् । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।