देशका सबै उद्योग काँग्रेसले बेच्यो : दुर्गा प्रसाईं

देशका सबै उद्योग काँग्रेसले बेच्यो : दुर्गा प्रसाईं

नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली काँग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाएका छन् । मेडिकल कलेज सञ्चालकसमेत रहेका उपप्रमुख प्रसाईंले नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताएका हुन् ।

शनिबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गरे । उपप्रमुख प्रसाईंले भने, ‘२०४६ सालपछि २०६० सालसम्म नेपाली काँग्रेसको अधिकांश समय सत्तारोहण भयो । त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए । तपाईंहरूलाई म यो स्मरण गराउन चाहन्छु ।

जब नेपाली काँग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरूको यो देशमा रोजगारी बन्द भयो । र हाम्रा युवाहरू विदेश पलायन हुन बाध्य भए । हरियो पासपोर्टको खेती मौलायो । डाटाले भन्छ – अहिले दैनिक ३ हजार युवाहरू विदेश जाँदैछन् वैदेशिक रोजगारीका लागि ।’

Europass CV in Nepal

उपप्रमुख प्रसाईंले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दाबी समेत गरे । ओलीले संविधानसम्मत ढङ्गले प्रतिनिधिसभा विघटन गरेको उनको भनाई थियो ।

Europass CV in Nepal