तुलसीपुर । प्रेस युनियन दाङकी सदस्य अनिता भुसालको निधन भएको छ । सेतो रक्त कोषको मात्राको कमिका कारण भुसालको निधन भएको पारिवारीक स्रोतले बताएको छ । भुसालको गएराति १२ बजे लखनउमा उपचारका क्रममा निधन भएको दाइ भुवन भुसालले जानकारी दिनुभयो । अनिताले रेडियो संजीवनीमा लामो समयसम्म प्राविधिकका रुपमा काम गरेर संचार कर्ममा समेत जोडिनु भएको थियो ।
शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र वाह्य संक्रमणबाट शरीरलाई रक्षा गर्न सेतो रक्तकोशिका चाहिन्छ । जब शरीरमा सेतो रक्तकोशिकाको मात्रा कमी हुन्छ, तब शरीरमा अनेकन रोगले संक्रमण गर्न थाल्छ । अर्थात, शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ । यी कोशिका शरीरमा लगातार बन्ने र नष्ट हुने गर्छ । कुनै स्वस्थ व्यक्तिमा प्रतिघन मिलिलिटर रगतमा ५ हजार देख ११ हजारसम्म सेतो रक्तकोशिका हुन्छ ।
शरीरमा सेतो रक्तकोषिकाको काउन्टमा कमी भएमा व्यक्तिलाई ल्युकोपिनिया नामक समस्या हुन सक्छ । यो समस्या भएमा रोगबाट लड्ने शरीरको शक्तिमा कमी हुने गर्छ र क्यान्सर, हेपाटाइटिस जस्ता रोग लाग्ने सम्भावना बढ्न थाल्छ ।
भिटामिन ए, सी र ईले सेतो रक्तकोषिकालाई सही तरीकाले काम गर्न मद्दत गर्नुका साथै यिनीहरुको संख्या बढाउन समेत मद्दत गर्छ । त्यसैले, त यसको सेवनद्धारा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोग लाग्नबाट बच्न सकिन्छ । यसको लागि गाजर, गोलभेडा, खुर्शानी, जैतुनको तेल, बदाम र सुन्तलाको सेवन गर्नु पर्छ।