मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापना गर्न पूर्वराजालाई सडकमा उतार्ने, आन्दोलनको कार्यक्रम घोषणा

Himali Patrika 1 मिनेट पढाइ

व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट राजसंस्था पुनर्स्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिए। उनले आफ्ना यी माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए।

आन्दोलनमा आफूले ०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको मासिक तलब कम्तीमा एक लाख ५० हजार पुर्‍याउनुपर्नेलगायतका १५ बुँदे माग प्रस्तुत गर्नेसमेत बताए।

उनले भने, ‘हाम्रा यी माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ। यसमा सहमति जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनुहुन्छ। यो लडाइँ भनेको राष्ट्रका लागि हो, राष्ट्रियताका लागि हो। व्यवस्था बदल्ने लडाइँ हो। हामीले धर्म खोजेको हाे, राजा खोजेको हो।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।