रास्वपा आफ्नो वाचापत्र अनुसार राष्ट्रपतिमा राजनीतिकका नेतालाई भोट नदिने

रास्वपा आफ्नो वाचापत्र अनुसार राष्ट्रपतिमा राजनीतिकका नेतालाई भोट नदिने

आफ्नो चुनावी वाचापत्रमा यसै वर्ष गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुनै राजनीतिक दलमा नलागेका र १० वर्षसम्म राजनीतिक लाभको पदमा नपुगेका नेपाली नागरिकलाई राष्ट्रपति बनाउनुपर्ने धारणा राखेको थियो।

नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले मनोनयन दर्ता गराएकै दिन र एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले बुधवार रास्वपासँग मत मागेका थिए।

गणतन्त्रको विपक्षमा रहेको राप्रपाका एक जना प्रवक्ताले मतदान बहिस्कार गर्नुपर्ने देखि चुनावमा सहभागी हुनुपर्नेसम्मका विचार आफ्नो दलभित्र रहेको बीबीसीलाई बताएका छन्।

Europass CV in Nepal

रास्वपाका कतिपय नेताहरू पार्टीको वाचापत्रमा राजनीतिक दलमा नलागेका व्यक्तिलाई राष्ट्रपति बनाइनुपर्ने उल्लेख भएको भन्दै चुनावमा तटस्थ बस्नुपर्ने पक्षमा रहेको बताइन्छ।उक्त दलका उपाध्यक्ष डोल प्रसाद अर्यालले उम्मेदवारहरूले आफ्नो दलसँग मत मागे पनि कसलाई भोट हाल्ने भनेर निर्णय गर्न बाँकी रहेको बताए।

उनी भन्छन्, “पार्टी खोल्दा देखिकै हाम्रो विचार के हो भने १० वर्ष राजनीति नगरेको मान्छे त्यस्तो सम्मानित पदमा जानुपर्छ भनेर भनेका हौँ। पार्टीप्रति झुकाव नहोस् र तटस्थ व्यक्ति होस भनेर हामीले त्यसो भनेका थियौँ। हाम्रो लक्ष्य त्यो भएपनि अहिले त्यो कतिको सम्भव होला? हाम्रो दलको निर्णय के हुन्छ हामी अहिले नै भन्न सक्दैनौँ।”

अर्यालले आफ्नो दलले कुनै उम्मेदवारी नदिएको बताउँदै ‘तटस्थ बस्ने वा मत नहाल्ने भनेर निर्णय नगरेको’ टिप्पणी गरे।“राजनीतिक पृष्ठभूमि भएकै कारण भोट हाल्दैनौँ भनेर हामीभित्र कुरा चलेको छैन। अन्तिम समयमा हामी संयुक्त रूपमा बसेर निर्णय लिन्छौँ।”

आफ्ना पार्टी सभापति रवि लामिछानेले नयाँ नागरिकता लिनुपर्ने निर्णय सर्वोच्च अदालतले गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट रास्वपा अलग भएको थियो।अदालतको निर्णयबाट सांसद र गृहमन्त्रीको पद गुमाएका लामिछाने आगामी वैशाखमा तय भएको उपनिर्वाचनमा पुन: लड्ने सुरसारमा छन्।

उपाध्यक्ष अर्यालले गएको पुस १० गते सत्ता समीकरण निर्माण हुँदा भएको सहमति बमोजिम आफूहरूले उपसभामुख पद पाएको र अहिलेसम्म सरकारलाई समर्थन दिइरहेको बताए।

तर भावी दिनमा परिस्थिति हेरेर निर्णय लिनसक्ने उनले सङ्केत गरे।उनी थप्छन्, “चुनाव आउन बाँकी नै छ। नेपालको राजनीतिमा अझै पनि के के हुन्छ थाहा छैन। हामी अहिले कुनै पनि निर्णय लिने तयारीमा छैनौँ। समय आएपछि निर्णय लिन्छौँ।”

 

Europass CV in Nepal