मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आर्थिक अनियमितता गरेको भन्दै उपरथी प्रेम शाही सेवाबाट बर्खास्त गरियो

Himali Patrika 1 मिनेट पढाइ

सैनिक अदालतले उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउन आदेश दिएको छ।बिहीबार उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको सैनिक अदालतले शाहीलाई सेवाबाट हटाउन आदेश दिएको सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

आर्थिक अनियमितता गरेको, सैनिक आचरण, मर्यादाको उल्लंघन गरेको आरोप शाहीमाथि थियो। उक्त आरोपमा उनी दोषी ठहर भएको उनले बताए।यस्तै प्राड महासेनानी महेन्द्रजंग शाह र प्राड प्रमुख सेनानी कुलदीप तिमल्सिनाले पनि सैनिक ऐन विपरीतको कार्य गरेको भन्दै सामान्य सजाय तोकिएको उनले बताए।

सामान्य सजाय कस्तो खालको हो भन्नेबारे उनले प्रष्ट्याएनन्।शाहीले कसरी आर्थिक अनियमितता गरेको र सैनिक ऐन विपरीतको काम गरेको भन्ने सेनाले खुलाएको छैन।सेनाले उपरथी प्रेम शाहीमाथि आर्थिक अनियमिततालगायत विषयमा छानबिन गर्ने भन्दै पुस १९ गते नियन्त्रणमा लिएको थियो।

आरोप लागेसँगै जंगी अड्डाले बोर्ड अफ इन्क्वाइरी गठन गरेको थियो।उक्त बोर्डले पनि थप कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव पेश गरेपछि सेनाले सैनिक अदालत गठन गरेको प्रवक्ता भण्डारीले बताए।उमेर हदका कारण गत पुस २० गते बुधबार उपरथी शाहीको अवकाश हुने थियो।

तर उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले पनि उनको पक्षमा आदेश दिँदै पदावधि बाँकी नै रहेको जनाएको थियो। सर्वोच्चको आदेश लिएर जंगी अड्डा पुगेका उनलाई नियन्त्रणमा लिएको थियो। यही अनुसन्धानबीच शाह र तिमल्सिनामाथि पनि अनुसन्धान गर्न सेनाले नियन्त्रणमा लिएको थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।