मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मौकामा चौका हान्ने कमल थापाको योजना, दुर्गा प्रसाईंको महाअभियानलाई समर्थन गर्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले राजावादी भावनासहितको आन्दोलन चर्काउने घोषणा गरिरहँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले मौकामा चौका हान्ने योजना बनाएका छन्। पछिल्लो समय राजेन्द्र लिङदेनसमू निरही जस्तै बनेका थापालाई मास देखाउने मौका खोजिरहेका छन् जुन दुर्गा प्रसाईंले ‘महाअभियान’बाट पुरा गर्ने योजनामा उनि रहेका छन्।

प्रसाईंले  राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् । उनले आफ्नो पार्टीका नेता-कार्यकर्तालाई उक्त महाअभियानमा सहयोग गर्न निर्देशनसमेत दिएका छन् ।

पूर्वराजपरिवारका सदस्यहरुलाई उतारेर व्यवसायी प्रसाईंले गत फागुन १ गते मेचीपुलबाट महाअभियानको उद्घाटन गरेका थिए । यसैगरी उनले हालै पत्रकार सम्मेलन गरी २०४७ सालको संविधान ब्यूँताउनुपर्ने लगायतका माग राखेर आन्दोलन नै गर्ने घोषणा गरेका छन् । नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेकै स्थानबाट फागुन २० गते आन्दोलन सुरू गर्ने उनको भनाइ छ ।

राप्रपा अध्यक्ष थापाले सनातन धर्म संस्कृतिको रक्षाका निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र ऐक्यवद्धता रहने उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फागुन २० गते काठमाडौंको वानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरूलाई आह्वान गर्दछु ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।