मुख्य सामग्रीमा जानुहोस्
Monday, 19 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

उपराष्ट्रपति पुनको निष्कर्ष : क्षेत्रीहरु पनि नेपालका आदिवासी हुन्

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् ।उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे ।

उनले भने ‘क्षेत्रीहरु आदिवासी हुन कि होइनन भन्ने कुरा अलि गहिरो विषय छ । र, यसको इतिहास, तथ्यहरु हामीले हेर्न जरुरी छ । मलाई लाग्छ–क्षेत्रीहरु पनि आदिवासी हुन भन्ने कुरा चाँही सही हो ।’

शनिबार काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा उनले आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताइ ।

संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकि रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरुले एकतावद्ध भएर सरकारलाई खवरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनको भनाइ थियो ।

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।