मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छतबाट खसेर निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए ।

नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवका अनुसार कफी सपको छतबाट खसेपछि सख्त घाइते भएका उपाध्यायलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

घटनाबारे छानबिन भइरहेको श्रीवास्तवले बताएका छन् । पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।