चीनले भौतिक आक्रमण नै नगरी दुश्मनलाई पराजित गर्न सक्ने अद्भूत हतियार बनाउँदै !

चीनले भौतिक आक्रमण नै नगरी दुश्मनलाई पराजित गर्न सक्ने अद्भूत हतियार बनाउँदै !

काठमाडौं। अमेरिकाले दावी गरेको छ कि चीनले ‘मस्तिस्क नियन्त्रण हतियार’ विकसित गरिरहेको छ । अमेरिकाको दावीअनुसार यो हतियार विरोधीहरुलाई मार्नुको सट्टा उनीहरुलाई प्यारालाइज (पक्षघातग्रस्त) बनाउने र उनीहरुलाई नियन्त्रण गर्नको लागि गर्न सकिनेछ । यो ‘ब्रेन कन्ट्रोल वेपन’बाट चीनले दुश्मनको दिमागलाई आफ्नो नियन्त्रणमा लिन सक्छ र ऊबाट आफूले चाहेको काम गराउन सक्छ ।

अमेरिकाका अनुसार प्रविधिको युद्धमा चीन यति अगाडि बढिसकेको छ कि यतिबेला चीनले मानिसको दिमाग नियन्त्रण गर्ने र उनीहरुलाई प्यारालाइज गर्ने फर्मुलामा काम गरिरहेको छ । यही कारण अमेरिकाले चीनको एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेज समेत यससँग आबद्ध ११ शोध संस्थानहरुमाथि प्रतिबन्ध लगाएको छ । यी संस्थानमाथि ‘बायोटेक्नोलोजी’को उपयोग गरेर ‘मस्तिस्क नियन्त्रण हतियार’ विकसित गरेको आरोप लागेको छ ।

यद्यपि चिनियाँ संस्थानहरुलाई कालो सूचीमा राख्ने अमेरिकाको वाणिज्य विभागले यी हतियारहरुको बारेमा विस्तारमा बताएको छैन । तर, २०१९ मा लेखिएका सैन्य दस्तावेज यो कुराको संकेत गर्छन् कि बेइजिङ के हासिल गर्ने कोसिस गरिरहेको छ । २०१९ का यी सैन्य दस्तावेज आफूले प्राप्त गरेको र अनुवाद गरेको अमेरिकी अखबार वाशिङटन टाइम्सले जनाएको छ ।

Europass CV in Nepal

अमेरिकी सूत्रको दावी अनुसार चीन दुश्मनका सैनिकहरुको शरीरलाई मार्न चाहँदैन बरु उनीहरुको दिमागमा आक्रमण गर्न चाहन्छ । चीनले दुश्मनका सैनिकहरुलाई प्यारालाइज गरेर उनीहरुलाई नियन्त्रण गर्ने प्रविधि विकसित गरिरहेको छ ।

अमेरिकाले चिनियाँ दस्तावेजको हवाला दिँदै भनेको छ ‘उनीहरुको रिपोर्टमा भनिएको छ कि चीनले शवहरुलाई नष्ट गर्नुको सट्टा दुश्मनको इच्छाशक्तिमा आक्रमण गरेर विरोध गर्ने र प्रतिद्वन्द्वीलाई नियन्त्रित गर्ने कुरामा ध्यान दिनुपर्छ ।

यतिमात्र होइन चीनले बायोटेक सहित कैयौं प्रमुख क्षेत्रमा अमेरिकी प्रविधि हासिल गर्ने कोसिस गरिरहेको छ । एक अमेरिकी अधिकारीले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै भने ‘चीन जुन प्रविधि विकसित गर्ने कोसिस गरिरहेको छ त्यसमा जीन एडिटिङ, ह्युमन परफरमेन्स इनह्यान्समेन्ट र ब्रेन मेसिन इन्टरफेस समावेश छन् ।’ अमेरिकी वाणिज्य मन्त्री जीना रायमोन्डोल भनिन् ‘हामीलाई चिन्ता छ कि चीन यस्ता कुनै पनि हतियारको प्रयोग आफ्ना नागरिकमाथि नियन्त्रण कायम राख्नका लागि गर्नेछ जसमा जातीय अल्पसंख्यक उइगर मुस्लिम पनि समावेश छन् ।’

Europass CV in Nepal