मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

Himali Patrika 1 मिनेट पढाइ

राष्ट्रपतिबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी बैठक आज बस्ने भएको छ।पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बिहीबार बिहान ९ बजे पदाधिकारी बैठक बस्ने तय भएको छ।

राष्ट्रपति निर्वाचनबारे बैठकमा छलफल गरी निर्णयमा पुगिने उनले बताए।गत फागुन १३ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्दा रास्वपा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक बसेको थिएन।

कुन उम्मेदवारलाई भोट दिने भन्नेबारे आज रास्वपाले निर्णय गर्नेछ। राष्ट्रपतिका दुवै उम्मेदवार भोट माग्न रास्वपा केन्द्रीय कार्यालय नै पुगेका थिए। त्यसबेला पार्टी बैठकपछि आवश्यक निर्णयमा पुगिने नेताहरूको भनाइ थियो।

आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।रास्वपाबाट १९ जना प्रतिनिधि सभा सांसदले मतदान गर्न पाउनेछन्। फाइल तस्विर 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।