मुख्य सामग्रीमा जानुहोस्
Monday, 28 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सर्भरमा समस्या आएको भन्दै लाइसेन्सको आवेदन गरियो बन्द

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । सवारीसाधनको लाइसेन्सका लागि अनलाइन आवेदन खुलेको ३ दिनपछि फेरि बन्द भएको छ । यातायात व्यवस्था विभागले सर्भरमा समस्या आएको जनाउँदै लाइसेन्स आवेदन बन्द गरेको हो । ‘अत्याधिक चाप पर्दा सर्भरमा समस्या आयो, केही बेरपछि यो समस्या समाधान हुने प्राविधिकहरुले जानकारी दिएका छन्’ विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले भने ।

विभागले यसबारे वेबसाइटमा समेत सूचना राखेको छ । वेबसाइटमा राखिएको सूचनामा प्रणालीमा प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन लिने कार्य बन्द गरिएको जनाइएको छ । लाइसेन्स आवेदनका लागि करिब ९ लाखले फारम भर्ने प्रयास गरेको भुसालले बताए ।

कोरोना महामारीका कारण वैशाखदेखि बन्द भएको सवारीसाधन लाइसेन्सको आवेदन गत सोमबार साँझबाट खुलाइएको थियो । अहिले लाइसेन्सको फारम भरे पनि काठमाडौं उपत्यकाका हकमा लिखित तथा ट्रायलको पालो आउन भने ६ महिना लाग्ने छ । उपत्यकाबाहिरका हकमा भने एक महिनामै पालो आउने विभागको भनाइ छ ।

अब फारम भर्नेहरुले विभागको नयाँ मापदण्डअनुसार लिखित र ट्रायल दिन पाउने छन् । सबैले स्मार्ट लाइसेन्स पाउने छन् । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र ट्रायलका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।