मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँमा दीपावली

Himali Patrika 1 मिनेट पढाइ

तनहुँ । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि पौडेललको गृहजिल्लामा दीपावली गरिएको छ । नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाई, तनहुँ र कांग्रेस पार्टी कार्यालय तनहुँले दीपावली गरी खुसी साटासाट गरेका छन् ।

जिल्लाले राष्ट्रपति पाएपछि खुसियाली साटासाट गर्न प्रशासन चोक र व्यास नगरपालिकाको वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथी रहेको पुलमा दीपावली गरिएको छ । तालघारेमा रहेको उक्त पुल वि.सं. २०७७ मंसिर १७ गते उद्घाटन गर्न खोज्दा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

वि. सं. २००१ असोज २९ गते तनहुँको साविक रिस्ति (हाल व्यास–८ रिस्ति) मा जन्मिएका पौडेल १६ वर्ष हुँदादेखि राजनीतिमा प्रवेश गरेका थिए । पौडेल ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै गणतन्त्र नेपाललको तेस्रो राष्ट्रपति बन्न पुगेका छन् ।जिल्लाका नेता राष्ट्रपति हुँदा जिल्लावासी जनता खुसी र उत्साहित भएको नेपाली कांग्रेस जिल्लाका पूर्वसभापति रघुनाथ पौडेलले बताए ।

पौडेलले आजसम्म गरेको राजनीतिको फल पाएको रिस्तिका रामनाथ पौडेलले बताए । उनले भने, ‘रामचन्द्र पौडेल राष्ट्रपति हुँदा मलाई धेरै खुसी लागेको छ । आजसम्म गरेका कामले धेरै प्रभाव पार्नुभएको छ । अबका दिनमा पनि आफ्नो गाउँको मात्र नभई देशकै विकास गरी राम्रो प्रभाव पार्नुहुनेछ ।’

त्यस्तै, राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको भूमिका के कस्तो रहने हेर्न प्रतीक्षामा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का जिल्ला सचिव राजेश्वर ढकालले बताए । ‘जिल्लाले राष्ट्रपति पायो यो जिल्लाको हकमा ठिकै भयो’, उनले भने, ‘तर वैचारिक राष्ट्रियता र अरु सन्दर्भमा राष्ट्रपतिको भूमिका के हुन्छ भन्नेमा हामी पर्ख र हेरको अवस्थामै छौं ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।