मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्डलाई प्रधानमन्त्री बनाएँ, माधव नेपाललाई राष्ट्रपति बनाउने सोच्दै थिएँ : ओली

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जसले जे मागे पनि दिने बलिराजा जस्तो भएको टिप्पणी गरेका छन् । शनिबार पार्टीको महिला संगठनको कार्यक्रममा उनले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको बताए ।

‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने, प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाउँ भनेको हो’ उनले भने, ‘तर पहिले पार्टीमा त आउनुपर्यो नि, पानी मिलाउनुपर्‍यो, पार्टीमा प्रतिवद्धता हुनुपर्यो । सप्रिने भए विचार गर्नुपर्‍यो भनेको हो ।’

तर माधव नेपालले प्रचण्डले राष्ट्रपति प्रस्ताव गर्दा अस्वीकार गरेको र कांग्रेसकै राष्ट्रपति हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएको ओलीले टिप्पणी गरे । प्रचण्ड र माधव नेपाल वामपन्थी राष्ट्रपति भए देश खत्तम हुन्छ भनेर लागेको ओलीले बताए । ‘प्रचण्ड त डाँको छोडेर रोएका थिए वामपन्थी राष्ट्रपति हुनै हुँदैन देश खत्तम हुन्छ भनेर’ उनले भने ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।