मुख्य सामग्रीमा जानुहोस्
Monday, 19 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मदिराको नसामा ‘दबंग’ गर्ने प्रहरी निलम्बित, अन्य ६ जना नागरिक पनि पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

२८ फागुन, जनकपुरधाम । सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् । शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई प्रतिवाद गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सेवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो समाजिक संजालमा सार्वजनिक भएको थियो ।

सो घटना पश्चात प्रहरी जवान रायलाई निलम्बन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।उनका अनुसार प्रहरीजवानसहित विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ ।

बर्दीमा रहेका उनले अर्धनग्न भएर विवाद गरेको भिडिओ समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। एउटा लाठी लिएर विवाद गरेको भिडिओमा देखिन्छ। त्यसैबीच जवानसँग हातपात गरेको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको डिएसपी सिंहले बताए।

भिडियो फुटेजको आधारमा पहिचान गरी त्यस घटनामा संलग्न देखिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी सिंहले बताए । उनीहरुलाई पनि कारबाही गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।