मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रामचन्द्र पौडेलले गरे नेपाली कांग्रेस परित्याग

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ। नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन्। उनि राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसबाट अलग भएका हुन्। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्।कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका छन्।‘उहाँले पार्टी सदस्यबाट अलग भएको लिखित जानकारी केन्द्रीय कार्यालयमा पठाउनुभएको छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीसँग भने।

राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ।नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे गर्ने तयारी छ। पौडेल गत मंसिर ४ को चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति भएपछि यो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पनि रिक्त भएको छ। यहाँ छ महिनाभित्र उपचुनाव हुनेछ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।