मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

डिजेलमा मिसावट गर्ने चालक र सह-चालकलाई आजीवन प्रतिबन्ध, ट्यांकरलाई ६ महिना ढुवानी गर्न रोक

Himali Patrika 1 मिनेट पढाइ

डिजेलमा मिसावट गर्ने ट्यांकरले ६ महिनासम्म ढुवानी गर्न नपाउने भएका छन्। फागुन २३ गते बसेको निगम व्यवस्थापक बैठकले उक्त निर्णय गरेको हो।बैठकले ट्यांकरलाई ६ महिनासम्म ढुवानीमा प्रतिबन्ध लगाउनुका साथै चालक र सह-चालकलाई निगमको सबै प्रकारका कार्यमा आजीवन प्रतिबन्ध लगाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

उनका अनुसार कारबाहीमा पर्नेमा ना ७ ख १५०७, मे १ ख २१५१, मे १ ख २१४९ र ७ ख ६९७४ नम्बरको ट्यांकर रहेका छन्।यस्तै, चालकहरूमा रचित भट्टराई, डिल्लीराम हुमागाईं, विनोद भट्टराई र बिकिरण राई छन्। सह-चालकहरू प्रज्वल बस्नेत, राजेश मण्डल, प्रदीप श्रेत्री र मनोज कुमाल कारवाहीमा परेका हुन्।

फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ८० हजार किलोलिटर डिजलमा मट्टितेल मिसावट भएको शंका लागेपछि परीक्षणको प्रक्रिया अघि बढाइएको थियो।

‘हामीले परीक्षण गर्दा मिसावट देखिएको छ,’ निगमका प्रवक्ता उपाध्यायले भने। के पदार्थ कति मात्रामा मिसाइएको छ भन्ने परीक्षण गर्न भारतीय आयल कर्पोरेसनको ल्याबमा पठाइने उनले बताए। त्यसको क्षतिपूर्ति समेत ट्यांकर ढुवानी चालक तथा सह-चालकहरूलाई तिराउने निर्णय भएको उनको बताए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।